स्वदेशी उत्पादनको प्रयाेग गराैँ, व्यापार घाटा घटाऔँ : उपराष्ट्रपति पुन

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन् ।

नेपाल हस्तकला महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका हुन् । उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे ।

त्यस्तै, उनले हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि जिकिर गरे । उनले हस्तकला क्षेत्रको समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भिर रुपले जानकारी दिए ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागरशम्शेर जबरालाई सम्मान गरिएको थियो भने केही निकासीकर्तालाई पनि सम्मान गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१