श्रृजनशील लघुवित्तले ३ लाख ३७ हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

बिहीबार एक कार्यक्रमकाबीच लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री प्रबन्धकको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले निकट भविष्यमा नै आईपीओ जारी गर्ने जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७