दलहरुले देश काेमामा पर्‍याए, वैकल्पिक शक्तिले देश बचाउनुपर्छ : रमेश खरेल

काठमाडाैं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश बचाउन नयाँ सिराबाट अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

अहिलेका संसदीय दलहरुले देश कोमामा पुर्‍याइसकेको उल्लेख गर्दै वैकल्पिक शक्तिहरुले देश बचाउन नयाँ सिराबाट अगाडी बढ्नु पर्ने खरेलले बताएका हुन् । देशलाई माया गर्ने जो सुकै नागरिकले देश बचाउने अभियानको नेतृत्व गरेमा आफू आँखा चिम्म गरेर पछि लाग्नेसमेत खरेलले बताए ।

बिना स्वार्थ देश बनाउने अभियानमा लागेका वैकल्पिक शक्तिहरुलाई एकीकृत भएर अगाडि बढ्न पनि खरेलले प्रस्ताव राखे । महाविर पुनजस्ता बुद्धिजीविहरु आफ्नो अभियानमा जोडिन आवश्यक रहेकाे उनकाे भनाइ थियाे ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७