काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा भदाै ४ गते साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
उपत्यका युवा विशेष जिल्ला कमिटीको आयोजनामा संगठित सदस्यहरुको सपथ ग्रहण तथा कलाकारहरुको साथमा कार्यक्रम गर्न लागिएको कमिटीका अध्यक्ष सुशिल भट्टराईले जानकारी दिए ।
कार्यक्रम बुद्धनगर स्थित क्वालिटि बैंक्वेटमा पार्टी अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यतामा हुने भट्टराईले बताए ।