काठमाडाैं । स्वास्थ्य उपचार गराइरहेका नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।
ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
शनिबार बिहान गिरिलाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् । उनले गिरिको पछिल्लो अवस्थाको जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
गिरिको घाँटीमा क्यान्सर भएको छ । साथै, निमोनिया पनि देखिएको छ । उनलाई साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए ।