काठमाडौं । इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नलगायतका सम्बन्धमा पहल गर्न नेपाल इन्जिनियर्स एशोसिएसनको कार्यसमिति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेट भएको छ ।
भेटका क्रममा इन्जिनियरिङ स्टाफ कलेज स्थापना, इन्जिनियरलाई छैठौं तहलाई सातौँ तहको लागि आवश्यक पहल गर्ने, नगरपालिकामा नक्सा बनाउने इन्जिनियर/आर्किटेक्टहरुलाई परेको समस्या समाधान गर्ने, हरेक बर्ष साउन ३ गते इन्जिनियर दिवसका दिनलाई अन्य दिवस सरह मान्यता दिइ सरकारी सूचनामा अंकित गर्ने विषयमा छ्लफल भएको एशोसियसनका महासचिव रविभुषण झाले जानकारी दिए ।
यसअघि यस सम्बन्धमा एसोसिएसनले उर्जामन्त्री पम्फा भुसालसमक्ष भेट गरि ज्ञापनपत्रसमेत बुझाएको थियो ।