• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

महाअभियाेग समितिकाे बैठक २५ भदौमा बस्ने

काठमाडौं । महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा पाँच प्रश्न साेधिएकाे थियाे ।

निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन काेइरालाबारे प्रश्न साेधेका थिए ।