
काठमाडाैं । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य तथा महिला नेतृ चुनु केसी खड्का दाेलखा प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा सिफारिस भएकी छन् ।
गठबन्धनकाे तर्फबाट सिट बाँडफाँडकाे विषयले चर्चा पाइरहेकाे बेलामा उनी एकीकृत समाजवादीबाट प्रत्यक्षमा सिफारिस भएकी हुन् । उनले दाेलखाका नागरिकहरुले आफूलाई विश्वास गर्ने र बहुमतसहित विजयी प्राप्त गर्ने दाबी पनि गरिन् ।
खड्काले महिलाहरुकाे क्षमता अभिवृद्धि गर्न, देश विकासका लागि समग्र महिलाहरुकाे प्रतिनिधित्व गरी आफूले प्रत्यक्षमा उम्मेदवारी दिन लागेकाे बताइन् । देशकाे नेतृत्व तहमा पुरुषहरुसँग प्रतिस्पर्धामा आउनका लागि महिलालाई सक्षम बनाउनुपर्ने उनकाे तर्क छ ।
नेपाली राजनीतिमा महिलाहरुकाे क्षमता पहिचान गर्न प्रत्यक्ष चुनावमा उठाउन आवश्यक रहेकाे उनकाे भनाइ छ । उनी भन्छिन् ‘राज्यले कानुनले र संसदीय व्यवस्थाले महिला नेतृत्व सहज रुपमा स्वीकार गरिसकेकाे छ । तर पनि केही स्वार्थ समूहहरु महिलालाई नेतृत्व दिन मानिरहेका छैनन् । याे प्रणालीकाे अन्त्य हुनुपर्छ । महिलालाई सम्मानजनक सहभागिता दिनुपर्छ ।’
खड्का दाेलखा प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा सिफारिसमा परे पनि गठबन्धनभित्र सिट बाँडफाँडकाे कुरा मिलिनसकेकाेले सिट कसले पाउँछ भन्ने टुंगाे भने लागेकाे छैन । खड्का भन्छिन् ‘ दोलखाबाट प्रतिस्पर्धीमा म नै हुँ । अब पार्टीकाे निर्णय के हुन्छ, हेराैँ । संघमा पर्छ वा प्रदेशमा त्याे पनि बाँकी नै छ ।’
७ ओटा गाउँपालिका र २ वटा नगरपालिका गरी ९ ओटा स्थानीय तह रहेकाे दाेलखामा स्थानीय तह निर्वाचनमा तामाकाेशी गाउँपालिकाकाे अध्यक्षमा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेकाे थियाे ।
प्रदेशसभाकाे २ ओटा निर्वाचन क्षेत्र रहेकाे दाेलखा ‘क’ बाट यसअघि २०७४ सालकाे चुनावमा वाम गठबन्धनकाे तर्फबाट विशाल खड्का विजयी भएका थिए ।