नेपाली फुटबल टोलीको प्रशिक्षक छाडेको अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्।

जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले उल्लेख गरेका छन् । उनी गत कात्तिकमा नेपाल प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७