निश्चल बस्नेतकाे गुनासाे : मान्छेकाे ज्यानभन्दा ठूलाे कुनै भिआइपीकाे सवारी हुँदैन

काठमाडाैं । चलचित्र निर्देशक तथा नायक निश्चल बस्नेतले उच्चस्तरीय (भिआइपी) भेटघाटका क्रममा सर्वसाधारणले सवारी जाम झेल्न परेकाेमा गुनासाे गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग उच्चस्तरीय भेटघाटका कारण एम्बुलेन्सले समेत बाटाे नपाएकाे भन्दै गुनासाे पाेखेका हुन् ।

सामाजिक सञ्जालमा लामाे सवारी जाम र त्यसैकाे बीचमा परेका बिरामी बाेकेकाे एम्बुलेन्सकाे तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन् ‘कसैले ती भिआइपीलाई सुनाइदिनू, तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भिआइपीहरूले एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेका छन् ।’

जति नै ठूलाे मान्छे आए पनि बिरामी बाेकेकाे एम्बुलेन्स राेक्न नहुने उनकाे तर्क छ । उनी भन्छन्, ‘तिनै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भिआइपी हुनुहुँदैन ।’

– तस्बिर : निश्चल बस्नेतकाे फेसबुकबाट । 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७