२.४१ प्रतिशतले बढ्यो नेप्से, १ अर्बकाे मात्र काराेबार

काठमाडौं । दसैँ बिदा पछिको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

बिदाका कारण लगातार ९ दिन बन्द भएर आइतबारदेखि खुलेको सेयर बजार परिसूचक नेप्से २.४१ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार बजार परिसूचक नेप्से ४४.६२ अंकले वृद्धि हुँदा १८९८.३८ अंकमा बन्द भएको छ ।

नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार भने १ अर्ब पनि भएन ।

आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७