नेप्सेमा दोहोरो अंककाे वृद्धि, ५१ करोडको कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अंक बढेर बन्द भएको छ । तिहार अघिको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक उत्साहजनकरूपमा बढेर बन्द भएको हो ।

आजको वृद्धिसँगै नेप्से परिसूचक १८ सय ५८ अंक कायम भएको छ ।

आज ५१ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको १५ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढेपनि आज २ वटा समूहमा गिरावट आएको छ ।

होटल र टुरिजम समूहमा १९.९४ अंकको गिरावट आउँदा म्यूचुअल फण्ड समूहमा ०.०४ अंकको गिरावट आएको छ । यसबाहेक अन्य सबै समूहमा सुधार आएको छ ।

निर्जीवन बीमा समूहमा ९० अंकको सुधार आउँदा जीवन बीमा समूहमा ३९ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ३३ अंकले सुधारिँदा जलविद्युत समूह १८ अंकले बढेको छ । अन्य समूह ११ अंक, बैंकिङ समूह ११ अंक र उत्पदनमूलक तथा प्रशोधन समूह १० अंकले बढेको छ ।

बजार बढेको दिन २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रुरु जलविद्युत कम्पनी र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७