भीम रावलको प्रश्न- भारतको ज्यादतीविरुद्ध बोल्न कसले घाँटी अँठ्यायो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकार भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति प्रश्न उठाएका छन् ।

महाकाली नदीपारि भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रवार विस्फोट गराउँदा दार्चुलाको व्यास गाउँपालिका २ का ९ वर्षीय बालक पवन महराको मृत्युबारे सरकार मौन बसेपछि नेता रावलले असन्तुष्टि पोखेका हुन् ।

उनले सिमानामा भारतको ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? भनेर प्रश्न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागि ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ । १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१