न्युजिल्याण्डलाई हराएर पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको हो ।

पाकिस्तानकाे जितमा ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डारेल मिचेलले अविजित रहेर सर्वाधिक ५३ रन बनाएका थिए ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो ।

सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित भएर उपविजेता बनेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७