सांगीतिक क्षेत्रको चर्चित जोडी ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धबिच्छेद

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स भएकाे बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७