
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ ।
क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए ।
नेपालले विश्वकप लिग – २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।