प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय क्रिकेट टिमलाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दैछन् ।

दिउँसो साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको थियो । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो ।

नेपाली टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१