क्यानले अघि बढायो सन्दीपलाई यूएई पठाउने प्रक्रिया

काठमाडौं । सर्वोच्च अदालतले नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएसँगै क्यानले यूएई पठाउने प्रक्रिया अघि बढाएको छ ।

नेपाली टोलीले यूएईमा आईसीसी लिग २ अन्तर्गत घरेलु टोली र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक ओडीआई सिरिज खेलिरहेको छ ।

नाबालिग बलात्कारको अभियोग खेपिरहेका सन्दीपलाई उच्च अदालत, पाटनले गत पुस २९ गते २० लाख धरौटीमा रिहा गर्दा विदेश जान नपाउने सर्त राखेपछि उनी नेपालमै छुटेका थिए । उनको स्थानमा क्यानले अर्का लेग स्पिनर मौसम ढकाललाई टोलीमा समावेश गरेको थियो।

तर सर्वोच्चले विदेश जान नरोक्नु भनेसँगै सन्दीपलाई पठाउने प्रक्रियाबारे छलफल अगाडि बढाइएको क्यानले जानकारी दिएको छ । विदेश जान रोक लगाएका कारण टोलीमा समावेश गरिएको थिएन । भिसा आए र प्रक्रिया मिले उनलाई पठाउने जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१