लियोनल मेसी बने उत्कृष्ट ‘फिफा वर्ष खेलाडी’

काठमाडौँ । पेरिस, अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पार्दै मेसी बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

लियोनल मेस्सी सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेल खेलेका थिए जसमा उनले २७ गोल गरे । मेसी पेरिस सेन्ट जर्मेन पिएसजी मा आबद्ध छन् ।

वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जितेका मेसीले भने,‘यो मेरा लागि एकदमै उत्कृष्ट वर्ष भएको छ । यहाँ सम्म आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा टिम मेटबिना म यो स्थानमा पक्कै हुन सक्दिन थिए । मैले वर्षै देखि देखेको सपना पुरा गरेको छु, जुन निकै कम मानिसले पुरा गर्न सक्छन् । म आफूलाई यो कुराको लागि निकै भाग्यशाली महसुस गर्छु,’ उनले थपे ।

विजेताहरूको पूर्ण सूची

उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी

उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपरः इमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपरः मेरी इयरप्स

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१