
काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाँडको शल्यक्रियाको कारण बुमराहले आइपिएल २०२३ गुमाउने भएका हुन् ।
बुमराहले गतवर्ष टि-२० विश्वकप पनि चोटका कारण गुमाएका थिए । यदि भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेलेको खण्डमा उनले उक्त खेल पनि गुमाउने छन् ।
बुमराहले आगमी अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने एकदिवसीय विश्वकपमा फर्किन सक्ने अनुमान गरिएको छ । ब्याक इन्जुरीको कारण बुमराहले गतवर्ष अगष्टमा एसिया कप गुमाएका थिए ।
त्यसपछि उनी टि-२० विश्वकप टोलीमा थिए । बुमराहले सेप्टेम्बरमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध दुई टि-२० आई खेल पनि खेलेका थिए । त्यसपछि उनी विश्वकपबाट बाहिरिन पुगेका थिए । बुमराहले अन्तिम पटक २०२२ सेप्टेम्बर २५ मा अष्ट्रेलियाविरुद्ध टि-२० आई खेल खेलेका थिए ।