नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा इटलीका एनेस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनेस यसअघि बेलिजको राष्ट्रिय टिमको प्रशिक्षण गरेका थिए ।

इन्डियन सुपर लिगमा उनी नर्थ इस्ट युनाइटेडको प्रशिक्षक थिए । त्यसअघि उनले आई लिगको गोकुलम केरलाको टिम हेरेका थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त कोच एनेसले भारतीय क्लब गोकुलम केरलालाई लगातार दुई पटक आई लिग जिताएका थिए ।

अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । यस्तै वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय गरिएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१