
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरूद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले छैटौ सफलता हात पारेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, आरिफ शेख, कुशल मल्ल र करण केसीले १–१ विकेट लिएका छन् ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्।