
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले पूरा ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको हो ।
नेपालका लागि सन्दीप लामिछाने तीन विकेट लिए भने आरिफ शेख, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए ।
यूएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए भने राेहन मुस्तफाले नट आउट ५२ रन बनाए । यस्तै, युएईका अरबिन्द १८ रन, सिपि रिजवान २२ रन, आलिशान सराफूले २ रन र आर्यन लार्काले २८ रन बनाए । यसैगरी, मोहमद वासिम शून्यमा आउट भए ।