५० हजार घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव पक्राउ

धनुषा । धनुषा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको उनले बताए ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो ।

उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७