ओलीलाई भेट्न प्रचण्ड र देउवा पुगे बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

आज बिहान एउटै गाडीमा दुई शिर्ष नेता एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालकोट पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् ।

ओली निवासमा संसदमा टीआरसी लगायतका विधेयक अगाडि बढाउने विषयमा छलफल हुनेछ ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोटमा छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७