तीनै क्षेत्रमा मतदान जारी

काठमाडौं । देशका ३ जिल्लाका ३ क्षेत्रमा उपनिर्वाचनको मतदान भईरहेको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन आज बिहानै ७ बजेबाट सुरु भएको हो । मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्। अन्य १९ जना उम्मेदवार पनि चुनावी मैदानमा छन्।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा। स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७