
काठमाडौं । बझाङमा यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ ।
मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराकाे चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको हो ।
उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
उनको मृत्युको खबर प्राप्त भएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएकाे छ ।
यसअघि सोमबार पनि सुर्मा गाउँपालिकाकै –५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको पनि चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको थियो ।
मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमपहिरोमा परेर वेपत्ता भएकी छन् ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।