मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुदाँ । दुर्घटनामा परी पर्सौनी नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।

मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१