
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ ।
सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन् ।
शुक्रबार माथिल्लो अरुणको सामान पुर्याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो ।