
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेका
हाम्रो देशका भालेहरु !!
घरमा बेथितिले
भकारी भरेर
यो सरकार हामी सँगै
न्यायालय छ भन्छ !!
न्यायाधीश आफैँ नियुक्ति गरी
आफ्नै पक्षमा फैसला होस भन्छ !
नङ्रा नभएका भालेहरु !!
चल्लालाई चारो
आफैँ खोज्नु भन्छ
मन परेको गककुड
आफैँ रोज्नु भन्छ
सिउर ढालेर
घरको धुरीमा बसी
बास्न बिर्सिन्छ
हाम्रो आदर्शवादी भाले ।
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेको
हाम्रो देशको भाले !!
पोथीहरु कोर कराइसके
भष्ट्राचारको दाना
ज्यु नारन गरेर
छिमेकीको स्वाद
चाख्नलाई !!
पोथी कोर काराइ रहन्छन्
आँखा तरेर बस्छ
खुराक नपुगेर होकी
पल्लो खोरको पोथी
सँग मन पल्किएर होकी
रनभुल्ल परेको छ
सिउर ढालेर बसेको
हाम्रो संसदीय भाले !!
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेको
हाम्रो देसको भाले !!
पोथी हरु छटपटाईसके
छिमेकीको स्वाद
चाख्नलाई !!
भाले बास्दा
उज्यालो हुँदै छ
आश हुन्थ्यो
भुईखुट्टे जनता को
निद्रा खुल्थ्यो !!
डल्लो परी कुम्भकर्ण झैँ
सुतिरहेछन् परजिबी
जनता पनि !!
भालेको स्वर सुक्दा
टोल–टोल, चोक–चोकमा
देशका सत्ताका स्यालहरु
डाँडा पारी, खोलापारीका
सिनु, खाएर
राष्ट्रियताको रागमा
देस लुटाइरहेछन !!
भाले नलगाइएका
आयातित चिल्लाहरु
बाका नाता खोजिरहेछन !!
बार्दली बा नसलका
वंशजहरु !!
तरपनि
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेको
हाम्रो देशको भाले !!
जोखना हेरेर बसेको छ
सिउर ढलेको भाले
एकपल्ट
घरको धुरीमा बसेर
तामझाम ले बास्ने !!
दुई चार प्वाँख
झरे झर्छ तर
पखेटा फिजाएर
पोथी जस्तै जनताको
निद्रा बिच्काएर
बास्दैछ सिउर ढलेको
हाम्रो देशको भाले
न्यायालयलाई तर्साएर !!
चरेर खान जाँगर मारिसक्यो
न्यायालय ले पनि !!
कसरी तड्गरिएला खै ??
न्याय गर्न बिर्सिएर
ओथारो बसेका पोथीहरुले
कसरी आशा जगाउलान्
भुइँखुट्टे जनता लाई !!
न्यायलयको भाले पनि
बेसुरमा बासी,
निद्रा भगाएपछि
केसरी आशा जगाउला खै ??
भुइँखुट्टे जनता को ??
मिर्मिरे भइसक्यो
पोथी कोर कराइसके
तर पनि
बासेन सिउर ढलेको
हाम्रो संसदको भाले पनि !!
साइत, जोखाना हेर्दै
न्यायालय हेरेर बास्न खोजिरहेछ
घरको धुरीमा चढी
एकचोटी बासेर बिसर्जन खोजिरहेछ
सिउर ढलेको
सत्ताको भाले पनि !!
चतुर स्यालसँग मितेरी लाउन
खोजिरहेको छ !!
सिउर ढलेको सत्ता दलको
भाले पनि !!
त्यसैले होला आजकल
मिर्मिरेको पहरदारी
बेला बखत रुन्चे स्वरमा
साँझ परेपछि
समाजवादी पोथी खोजी
क्रान्तिकारी जातको भाले पनि
सिउर लुकाएर बासिरहेछ
सिउर ढलेका
हाम्रा भालेहरु
चारदिशा तिर बासिरहेछन
कुन दिशा तिर
बसेर बास्ने
आफैँमा रनभुल्ल परिरहेछ !!
कार्यपालिका र न्यायालय को
सम्बन्धमा
चतुर स्याल रजाइँ गरिरहेछ
राजनीतिमा स्वार्थ
महंगो परिरहेछ !!
फ्याउराहरुले
देशको रक्षा गरिरहेछ
सिंह र बाघहरु
भ्रष्ट्राचारको सिनु खाएर
र्याल छोडिरहेछन्
विपना सत्ता वरिपरी
रहे पनि सपनामा
आफू जेल देखिरहेछन् !!