
काठमाडौं । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
उनका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ । काठमाडौैं उपत्यकामा विहानैदेखि बादल लागेका कारण भिजिविलिटी कम रहेको छ ।
दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती कोशी प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ ।
मौसमको यो क्रम आगामी तीन दिनसम्मै जारी रहने छ ।