
काठमाडौ । शुक्रबार पनि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला ३ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँ घटेको हो ।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।