
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ५ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।