
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।