
काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको आरोपमा पक्राउ परेका केशव दुलालले बयानको क्रममा बयान फेर्दै नेकपा एमालेका नेताहरुको समेत नाम लिएपछि एमाले नेता महेश बस्नेतले आपत्ति जनाएका छन् ।
सरकारी वकिलसमक्ष दुलालले दिएको बयानमा केपी शर्मा ओलीका पीए राजेश बज्रचार्य,पुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा उनकी श्रीमती नैनकला थापा लगायतको नाम लिएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै दुलालले बयान दिए पछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् । उनले सो बयान पछि १६ वटा बुँदा अगाडी राखेका छन् ।