
इन्स्टाग्राममा विराट कोहलीका २५० मिलियन फलोअर्स भएका छन्। योसँगै उनी २५० मिलियन फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन्।
तर विश्वमा कुनै पनि खेलकुदमा सबैभन्दा वढी इन्स्टामा फलोअर्स भएका खेलाडीमा भने क्रिस्टियानो रोनाल्डो पहिलो ५८५ मिलियन र लियोनल मेस्सी दोस्रो ४६४ मिलियनपछि कोहली तेस्रो स्थानमा पर्छन् ।
कोहली पछिल्लो समय भारतीय क्रिकेटका लागि उल्लेख्य योगदान दिन नसके पनि धेरै सामाजिक संजालको प्रयोग गर्ने गरेकाले सबैका नजरमा परिरहन्छन्।