
काठमाडौं । रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ । जीपमा सवार पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ ।
सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरीले जानकारी दिए ।
उनका अनुसार जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका एक शिशु, दुई महिला र दुई पुरूषसहित पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको उनले बताए ।
थप ११ जना घाइतेहरूलाई उद्धार गरी सल्ले अस्पताल लैजान लागिएको जानकारी प्राप्त भएको छ ।
पानी परिरहेका कारण घाइतेको उद्धारमा समस्या रहेको उनले बताए । प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको बताए ।