घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७