सोमबार सुन–चाँदीको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७