न्युयोर्क पुगेर राजेश हमालले दिए ‘सिग्नेचर पोज’

काठमाडौं । अभिनेता राजेश हमाल बुधबार अमेरिकी सहर न्युयोर्क पुगेका छन् । जहाँको स्ट्याचु अफ लिबर्टीबाट उनले आफ्नो चर्चित ‘सिग्नेचर पोज’ दिए । ओहायो राज्यमा आयोजना गरिएको ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल कम्तीमा एक महिना त्यतै बस्नेछन् । यसबीचमा सुगम पोखरेलको सांगीतिक टुरमा पनि उनी पुग्नेछन् ।

त्यसपछि बीचमा नेपाल फर्किएर पुनः साउन ६ मा टेक्सासमा हुने ११ औं नेफ्टा फिल्म अवार्डमा सहभागी हुन हमाल त्यता जाने कार्यक्रम छ । डायस्पोरामा उनको व्यस्तता निकै देखिएको छ । तर घरेलु फिल्ममा फर्किन उनलाई समयले साथ दिएको छैन । उनी यसका लागि ‘उचित’ समयको पर्खाइमा छन् । तर त्यो उचित समय कहिले आउँछ टुंगो छैन ।

हमालले फिल्म निर्देशन र निर्माणमा फर्किने भनेको झण्डै एक दशक हुन लागिसक्यो । तर उनका लागि ‘उचित’ समय कहिल्यै आएन । फ्यान पनि हमाललाई पुनः फिल्ममा हेर्न चाहिरहेका छन् । बरु पछिल्लो समय हमालको रुचि राजनीतितिर बढी देखिन्छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले चुनावमा उम्मेदवारका लागि प्रस्ताव गरेको चर्चा पनि चलेको थियो ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७