प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् ।

बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गरेका हुन् ।

केबलकार उद्घाटन गर्न प्रधानमन्त्री दाहाल काठमाडौंबाट हेलिकोप्टरमा बुटवल आएका थिए । प्रधानमन्त्री दाहाल बसन्तपुर डाँडाँस्थित केबलकारको माथिल्लो स्टेशन पुगेर उद्घाटन गरेका हुन् ।

आइएमई समूहको लगानीमा यो केबलकार बनाइएको हो । जसमा २५ गोन्डुला छन् । दैनिक ६ हजार यात्रुलाई केबलकारले सेवा दिन सक्ने बताइएको छ ।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

केबलकार उद्घाटन पछि आयोजित कार्यक्रममा नेकपा एमालेका नेता विष्णु पौडेल, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत नेताहरू सहभागी थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७