त्रिशुली अपडेट : २४ जनाको उद्दार, ८ को मृत्यु, १६ जना घाइतेको उपचार हुँदै

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट उद्दार गरिएका २६ जनामध्ये १६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी तथा सूचना अधिकारी सन्तु जयसवालले बताए ।

उनले भने, ‘२६ जनाको हलसम्म उद्दार गरेका छाैं । त्यो मध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बाँकी १६ मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाएका छौं । बाँकी दुई मध्ये एक जनाको मलेखु टिचिङ अस्पताल र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भैरहेको छ ।’

डिएसपी जयसवालका अनुसार मृतक तथा घाइतेहरुको परिचय खुल्न बाँकी छ ।

मृत्यु हुनेमा दुई महिला , ६ जना  पुरुष रहेका छन् । घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी भएको उनले जानकारी दिए । बुधबार बिहान सवा ११ बजे यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बाढी आएको त्रिशुलीमा बस खसेका तथा बसमा कति यात्रु सवार थिए यकिन नभएकाले थप विवरण आउन बाँकी रहेको जैसवालले बताए ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७