दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’ को गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘नांगो गाउँ’ को गीत सार्वजनिक भएको छ ।

मंगलबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतको भिडिओमा अभिनेता दयाहाङ राई र मिरूना मगर फिचर्ड छन् । यसअघि फिल्ममा समावेश एक गीत सार्वजनिक भइसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकले रूचाइ रहेका छन् ।

यो गीत चित्लाङमा छायांकन गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडिओलाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायत कलाकारको अभिनय छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् ।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७