नेपालमा ‘जवान’ ले पहिलो दिन कति कमायो ?

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ ।

स्रोतका अनुसार फिल्मले नेपालमा १ करोड ६० लाखको ओपनिङ गरेको छ । फिल्मले दर्शकको साथ पाउनुको साथै सकारात्मक समीक्षा पाइरहेको छ ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारू कमाएको छ भने विश्वव्यापी रूपमा १५० करोड भारू कमाएको छ ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन् । जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१