
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो आइतबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
आइतबार सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर छ ।
आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।