
काठमाडौं । तपस्वीको भेषमा रहेका रामबहादुर बमजनको घरबाट प्रहरीले १७ देशका अवैध मुद्रा बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साँझ पक्राउ गरेको बम्जनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको हो ।
बम्जनको घरबाट बरामद गरिएको १७ देशका अवैध मुद्रा र तीन करोड चौतीस लाख नेपाली रूपैयाँ बुधबार ब्युरोले सार्वजनिक गरेको हो ।
पक्राउ परेका बम्जनलाई आजै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ । बम्बजनविरूद्ध बाल यौन दूराचारको जाहेरी परेको छ ।
उनी सोही अभियोगमा फरार रहेको र प्रहरीले पक्राउ गरेको ब्युरोले जनाएको छ ।