![](https://hulaksanchar.com/wp-content/uploads/2024/07/aim.jpg)
चितवन । चितवनको भरतपुरमा एसीसीए कोर्स सुरु भएको छ । एम्स चितवनले भरतपुरको हाकिमचोकमा एसीसीए कोर्स अध्ययन गराउन थालेको हो ।
नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले जनशक्ति परिपूर्तिमा सघाउ पुर्याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका निर्देशक रामबहादुर कुँवरले बताए । हाल एम्समा पहिलो ब्याचका विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।
केही समय यता एसीसीए कोर्षप्रति युवाहरुको आकर्षण बढ्दै गइरहेको छ ।