नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् ।

आइतबार राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो १ः३० बजे सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतलाई शपथ खुवाउन लागिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो ।शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१