त्रिविले भक्तपुर क्याम्पसका रजिस्ट्रार र क्याम्पस प्रमुखमाथि कुनै कारबाही नगरेको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौ । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट रजिस्ट्रारक र क्याम्पस प्रमुखमाथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववियूले रजिस्ट्रारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ ।

भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट रजिस्ट्रार र क्याम्पस प्रमुखमाथि कुनै कारबाही नगरेको भन्दै उनीहरुले आइतबार विरोध गरेका हुन् ।भक्तपुर नगरपालिकाले बलपूर्वक असोज ७ गते भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएर बाटो बनाउन लागेपछि भक्तपुर क्याम्पस स्ववियूले रजिस्ट्रारको अफिस अगाडि भत्काएको संरचना खन्याएर आइतबार विरोध गरेको हो ।आन्दोलनको क्रममा विद्यार्थीहरुले क्याम्पसमा प्रमुखलाई प्रवेश निषेधदेखि विभिन्न धर्ना एवं अन्य आन्दोलन गर्दै आएका छन् । साथै क्याम्पसका स्ववीयू सभापति पुकार पराजुलीले अध्ययन गर्ने संस्थाको पर्खाल भत्काइएको समयमा पनि विश्वविद्यालय आफ्नो भएको जमिन जोगाउन भन्दापनि विभिन्न सम्झौता गर्न रजिस्ट्रार क्याम्पस प्रमुख लगायत नगरपालिकामा जग्गा दिने सम्झौता गरिरहेकोले यस्तो काम निन्दनीय भएका कारण आफूहरू आन्दोलनमा उत्रिएको बताए ।

उनले भने, ‘हामीले अध्ययन गर्ने संस्थाको पर्खाल भत्काइएको छ । यस्तो समयमा विश्वविद्यालय आफ्नो भएको जमिन जोगाउन भन्दापनि विभिन्न सम्झौता गर्ने रजिस्ट्रार क्याम्पस प्रमुखलगायत केही नगरपालिकामा जग्गा दिने सम्झौता गर्ने कदम निन्दनीय भएका कारण आफूहरू आन्दोलनमा उत्रिएका हौं ।’उनका अनुसार क्याम्पस बिदाको समयमा नगरपालिकाले डोजर लगाएर पर्खाल गेट खानेपानीको ट्याङ्की भएको भवनलगायत पूरानो शौचालय, भलिबल कोर्टलगायतका संरचना भत्काएको छ ।नगरपालिकाले क्याम्पसमा बन्ने संरचना कुनैलाई स्वीकृति नदिने विभिन्न काममा अडचनमात्र दिने तथा क्याम्पसको जग्गा मात्र पारेर चारतिरको बाटो बनाउन खोज्ने, पोखरीको डिल भन्दा बाहेक अन्य स्थानका पर्खाल बनाउन समेत नदिने जस्ता विभिन्न कार्य गर्दै आउँदा क्याम्पसमा लामो समयदेखि झमेला हुँदै आएकाले त्यसको विरुद्धमा आइतबार नगरपालिकाले भत्काएको संरचना रजिस्ट्रारको कार्यालयको गेटमा खन्याएको उनले बताए ।उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले रजिस्ट्रारलाई क्याम्पसको जग्गा जोगाउन पहल गर्दै आएका थियौँ । जे भयो गलत भयो । त्रिभुवन विश्व विद्यालयको जग्गा जोगाउने काम विद्यार्थीको पनि हो ।

नगरपालिका, क्याम्पस प्रमुखलगायतका जो क्याम्पसको जग्गा हडप्ने दाउमा छन् उनीहरूको विरुद्धमा आन्दोलन गर्दै आएका हौँ,’ उनले भने,‘स्वतन्त्र विद्यार्थी युनियन २०४९ विद्यार्थी र क्याम्पसको हितमा सधैं काम गर्न प्रतिबद्ध छ । क्याम्पसमा हुने हरेक गतिविधिको प्रत्यक्ष जानकारी र सरोकार राख्ने अधिकारिक संस्था स्ववियु भएकोले क्याम्पसलाई दीर्घकालिन असर पर्ने कुरामा स्ववियुको सल्लाह, सुझाव र सहमति लिएर अघि बढ्नुपर्ने त्रिवि प्रशासन र क्याम्पस प्रमुखको कर्तव्य र जिम्मेवारी हो ।’साथै स्ववियु अध्यक्ष पराजुलीले जारी गरेको विज्ञप्तिमा क्याम्पसको जग्गा अनैतिक रुपमा बेच्न सम्झौतामा हस्ताक्षर गर्ने रजिस्ट्रार प्राडा केदार प्रसाद रिजाल र क्याम्पस प्रमुख कविता भट्टराईले राजीनामा दिन अनुरोधसमेत गरेको छ ।राजीनामा नदिए उपकुलपतिलाई कारबाही गर्न र जिल्ला प्रशासन कार्याय भक्तपुरमा गरेको सम्झौता खारेज गर्न दुई दिनको समय समेत दिएको विज्ञप्तिमार्फत जनाएको छ ।पराजुलीको नेतृत्वमा स्ववियूका कोषाध्यक्ष सृजन प्रधान, स्ववियूका सुदिप ढुगाना, सजग पोखरेल, नेविसंघका नेताहरु अविशेक दाहाल, अलिस देउवा लगायत तीन दर्जन बढी विद्यार्थीहरु रजिस्ट्रार कार्यालयको गेटमा भत्काएको संरचना खन्याउन पुगेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१