मन्त्री सिंहले गरे नेपाल–कोरियामैत्री अस्पतालको भवन शिलान्यास

काठमाडौं । नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ ।सोमबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान तथा सहरीविकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भवनको गरिएको हो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे ।स्थानीय बासिन्दा मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल निर्माण हुन लागेको उनको भनाई छ ।

उनले भने,‘मलाई खुसी केमा लागेको छ भने अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाइए अगाडि बढाउन र सेवा विस्तार गरेर स्थानीय मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल बन्दैछ ।’
अस्पताल दक्षिण कोरियाको सहायतामा चल्दै आएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१